Notice Board
िमती २०७० मंसीर ४
निर्बाचन पर्यबेक्षण सम्बन्धी प्रेश विज्ञप्ती

आज मंसीर ४ गते दोश्रो संविधान सभा निर्बाचन समग्रमा शान्तीपूर्ण सम्पन्न भएकोछ । यस सस्थाले कुनै पनि देशी तथा बिदेशी संस्थाहरुबाट सहयोग विना नै ४८ जिल्लामा ३२० जना पर्यबेक्षकहरु खाटाईएको थियो । पर्यबेक्षकहरुबाट आएको जानकारी अनुसार निम्नलिखीत प्ररम्भीक निकर्ष निकालीएको जानकारी गराउदछौं ।

१. गोरखामा एक दर्जन भन्दा बढी, सिराहा, दैलेख, बझाङ लगाएतका केही जिल्लामा बुज क्याम्चर भएको र राजनितीक दलहरुले मतदान दोहर्याउन निर्बाचन आयोगलाई आग्रह गरिएको तर आयोगबाट सुनुवाई नभएको भनिएको छ । यसबारेमा निर्बाचन आयोगले छानबिन गरोस् र आम जनतालाई सूसुचित गर्ने कार्य गरोस भन्ने आग्रह गर्दछौं ।

२. अन्य जिल्लाहरुमा समेत केही बुथहरुमा पाटी प्रतिनीधहिरु विच सामान्य बिबाद भएको भए पनि समझदारी पछी मतदान सम्पन्न भएकोछ ।

३. यस पटक महिलाहरु र युवाहरुको बढि र सक्रिय सहभागीता देखीयो जुन राम्रो पक्ष रहेको छ ।

४. केही प्रर्यबेक्षकले पर्यबेक्षणमा प्रयोग गर्ने सबारीसाधन मतदाताहरु ओसर पसार गर्नको लागी प्रयोग गरेको देखीयो । पर्यबेक्षणको लागी एकै संस्थाबाट सजिलो र पाएक पर्ने बुथहरुमा बढि पर्यबेक्षण गरिएको देखीएको । एक संस्थाबाट एक बुथमा १५ जना सम्म व्यक्तिहरु पर्यबेक्षणको लागी जाने तर टाढा र पाएक नपर्ने ठाँउमा भने नगएको देखीयो ।

५. ठुला दलहरुले निर्बाचन आचार संहिता पालना नगरको घटना प्रशस्त देखीयो । भित्ते लेखन, व्यानर, पम्पलेटहरु जाहातही प्रयोग भएको भेटीएको थियो भने निर्बाचन आयोगले कारबाहीको लागी भएको सिफारिस समेत नेपाल सरकारले अबज्ञा गरेको पाईयो । राजनीतीक दलहरुले पनि निर्बाचन आयोगकोले गरको सचेतनालाई वास्ता गरिएको थिएन ।

६. केही संचार माध्यमले पूर्णरुपमा आचारसंहीता पालना नगरेको र निर्बाचन आयोगको कारबारीको सिफारिसलाई अबज्ञा गरेको देखीयो ।

७. धेरै जसो बुथ केन्द्रमा मतदान गर्ने स्थान सानो र बाहीरबाट हेर्न र निगरानी गर्न सक्ने अबस्थामा राखिएको देखीएको यस सम्बन्धमा हामीले सोधपुछ गर्दा ठाँउको समस्याले यस्तो गर्नु परेको भनाई निर्बाचन अधिकृतहरु थियो । यसबाट मतदाताहरुमा मतदान गर्दा अप्ठ्यारो महसुस गरेको हामीले पाएका थियौं ।

समग्रमा निर्बाचन शान्तीपूर्ण सम्पन्न भएकोमा हामी खुशी व्यक्ति गर्दछौं । यस संस्थाबाट निशुल्क र आफ्नै खर्चमा हामी नेपालीहरुको संविधान सभाको चुनावमा सहभागी हुनु भएका सम्पूर्ण ३२० प्रर्यवेक्षकहरुलाई धन्यबाद ।

मनोज कुमार कँडेल
महासचिब
केन्द्रिय निर्बाचन पर्यबेक्षण परिचालन समिती

---------------------------------------------------------------------------------------------------------------------------------------------------
िमती २०७०।८।३

निम्न कुराहरुमा सम्पुर्ण जिल्ला निर्बाचन अधिकृतहरुलाई सू सुचीत हुन र होसीयार रहन आग्रह गर्दछौं ।

१)भोली अज्ञात समुहको नाममा केही अज्ञात समुहले मतदान क्षेत्र वरीपरी विष्फोटक पदार्थ राख्ने, मतदानको लागी जाने बाटोहरुमा विष्फोट गराउने जस्ता कृयाकलाप हुन सक्ने र आफ्नो विरोधी मतदाताहरुलाई विचमै रोक्ने कार्यहरु हुन सक्ने भएको हुदाँ यस सम्बन्धमा सचेत हुन जरुरी छ ।

२) फेडेन नेपाललार्इ ४० वटा जिल्लाबाट आएको रिपोर्ट अनुसार प्रत्येक जिल्लामा उम्मेदबारहरुले मौन समयमा पुर्णत आचारसंहीता उल्लघन गरिरहेकाछन् । सबै क्षेत्रमा भोज भतेर खुवाउने, पार्टी दिने कार्य भै रहेको छ । यस सम्बन्धमा सचेत हुन र छानविन गर्न अनुरोध गर्दछौं ।

३) हामीले पाएको जानकारी अनुसार पर्यबेक्षणको लागी स्वीकृती लिएको सबारी साधनहरु केही संस्थाहरुले विभिन्न पाटीको मतदातालाई ओसार पसार गर्नको लागी तयार गरेको देखीएको हुदाँ यस सम्बन्धमा ध्यान दिन र होसीयारपूर्बक हेर्नको लागी अनुरोध गर्दछौं ।
४) पर्यबेक्षणको लागी भनी केही ठूला भनिएका र मुख्यतय विदेशीहरुबाट पैसा लिएका पर्यवेक्षण गर्ने संस्थाहरुले विदेशीको पैसा अनुसार नाम देखाउनको लागी हिजो सम्म पनि नाम संकलन गरिएको र पर्यवेक्षको परिचय पत्र लिएको देखीएको हुदाँ यसलाई तुरुन्त रोक्न अनुरोध गर्दछौं । विना तालीम लिएका व्यक्ति पर्यबेक्षणमा खटाउनु पर्यवेक्षणको आचारसंहीता विरोधी भएको हुदाँ यसलाई तुरुन्त रोक्न अनुरोध गर्दछौ
​।
मनोज कुमार कँडेल
सदस्य सचिब
केन्द्रिय चुनाव पर्यबेक्षण परिचालन समिती
९८५१०२१३७१
--------------------------------------------------------------------------------------------------------------------------------------------------

लोकतान्त्रीक गैर सरकारी संस्था महासंघको संस्थापक सदस्य आदरणिय वरिष्ठ साहित्यकार जगदिश धिमीरेको निघनको खबरले फेडेन नेपाल परिबार मर्माहत भएको छ । उहाँको आत्माले चिरशान्ति पाओस् उहा प्रती हार्दिक श्रद्धान्जली व्यक्त गर्दछौं ।

मनोज कुमार कँडेल
महासचिब
लोकतान्त्रीक गैर सरकारी संस्था महासंघ नेपाल परिबार
-----------------------------------------------------------------------------------------------------------------------

मिती २०७० कार्तिक ५

फेडेन नेपाल द्धारा आगामी दोश्रो संविधान सभाको चुनावको लागी संचालीत निर्वाचन पर्यवेक्षणका लागि इच्छुक जिल्लाहरुलाई महत्वपूर्ण जानकारी यस प्रकार रहेको छ ।

१. फेडेन नेपालले निर्वाचन आयोगको २०७० असोज १ गतेको निर्णय अनुसार २०७० मंसिर ४ गते २०७० मंसिर ४ गत २०७० मंसिर ४ गते हुने संविधान संविधान संविधानसभा सदस्य निर्वाचन २०७० सभा सदस्य निर्वाचन २०७० सभा सदस्य निर्वाचन २०७० को पर्यवेक्षण गर्न अनुमति प्राप्त गरेको छ ।

२. फेडेन नेपालले सके सम्म १ जनामात्र भए पनी ७५ जिल्लामा कम्तीमा ५०० पर्यवेक्षक परिचालन गर्ने लक्ष्य राखेको छ ।

३. फेडेन नेपालले केन्द्रिय चुनाव पर्यबेक्षण परिचालन समिती निर्माण गरेको छ । यस समितीमा संयोजक डा. विमल कोइराला, सदस्यहरु पुर्ब मुख्य सचिब नेपाल सरकार, डा. बाल गोपाल बैद्य, पुर्ब सदस्य राष्ट्रिय योजना आयोग र पूर्ब अध्यक्ष फेडेन नेपाल, श्री श्याम सुन्दर शर्मा, पुर्ब सहसचिब नेपाल सरकार, साधाना अधिकारी, अधिबत्ता र सदस्य सचिब अधिबत्ता मनोज कुमार कँडेल, महासचिब फेडेन नेपाल रहनु भएको छ । यस समितीको मातहतमा पर्यबेक्षण गर्ने प्रत्येक जिल्लामा १ वा एक भन्दा बढि जिल्ला चुनाव पर्यबेक्षण परिचालन समिती गठन गरिने छ ।

४. फेडेन नेपालको क्षेत्रीय अध्यक्ष तथा क्षेत्र हेर्ने केन्द्रिय सचिबको समन्वयमा चुनाव पर्यबेक्षण परिचालन समितीको जिल्ला संयोजक तोकिने छ र जिल्ला संयोजकको नेतृत्वमा केन्द्रिय चुनाव पर्यबेक्षण परिचालन समितीको निर्देशनमा पर्यबेक्षकहरु परिचालन गर्ने तथा पर्यबेक्षण गर्ने छ ।

५. फेडेन नेपालले पर्यवेक्षणको गतीवीधीलाई मुख्य आधार मानेर पर्यबेक्षण संचालन गर्ने मुख्य उद्धेश्य लिएको छ ।

६. पर्यवेक्षणमा सहभागि प्रर्यबेक्षकहरुलाई निर्वाचन आयोगको परिचयपत्र उपलब्ध हुने छ । साथै पर्यवेक्षण के कसरी गर्ने भन्ने तालिम वा अभिमुखिकरण वा जानकारी पत्र परिचयपत्र संगै उपलब्ध गराइने छ ।

७. जिल्लामा प्राप्त पर्यवेक्षण आवेदनहरु पर्यवेक्षण संयोजकले विवरण सहित फेडेन नेपालको केन्द्रिय कार्यलयमा यथासक्य चाँडो पठाउनु पर्नेछ ।

८. राष्ट्रिय प्रर्यबेक्षकको लागी आवश्यक योग्यता निम्नानुसार रहेको छ ः

१. संविधानसभा सदस्य निर्वाचन पर्यवेक्षण निर्देशिका २०७० अनुसारपर्यवेक्षकका हुनका लागि २१ बर्ष उमेर पुरा भएको नेपाली नागरिक हुनु पर्ने छ ।

२. कुनै पनि राजनैतिक दलको सदस्य नभएको ।

३. पुरुष पर्यबेक्षकले १०+२ पास गरेको र महिलाको हकमा क्ीऋ पास गरेको हुनु पर्ने छ । २०६४को निर्वाचन पर्यवेक्षण गरेको अनुभवभए महिलालाई शैक्षिक योग्यता आवश्यक नहुने र पुरुषले क्ीऋ पास गरेको हुनु पर्नेछ ।

४. पर्यवेक्षकहरु निर्वाचन सम्बन्धि ऐन, नियम, आचारसंहिता, निर्वाचन आयोगको निर्देशन तथा राष्ट्रिय युवा महासंघ नेपालको विधान अन्तरगत रही पर्यवेक्षण सम्बन्धि सम्पूर्ण कार्य गर्नेमा प्रतिवद्ध हुनु पर्नेछ ।

९. पर्यबेक्षको लागी आबश्यक काजगपत्रहरुः

क) राष्ट्रिय पर्यवेक्षकको सपथ पत्र १ (सावधानीका साथ भरेर फोटो टाँस्नुहोला)

ख) नागरिकताको प्रतिलिपि १

ग) पर्यवेक्षक आबेदन फारम १

घ) शैक्षिक योग्यताको प्रमाणपत्र (मार्कसिट)को प्रतिलिपि १

ङ्ग) पासपोर्ट साइजको फोटो १ प्रति परिचयपत्रको लागि छुट्टै (फोटो पछाडी नाम र जिल्ला लेख्नुहोला)

१०. पर्यवेक्षकको सामान्य भूमिकाः

१. पर्यवेक्षण गरेको क्षेत्रमा निर्वाचन पूर्व, निर्वाचनका र मतगणनाका दिन र पछि समेत निर्वा चन आचारसंहिता उल्लंघनका घटना घटेमा वा पर्यवेक्षण गर्दा देखिएकासत्य तथ्य जानकारी तथा सुचनाहरु सोही दिन संयोजकमार्फत केन्द्र लाई उपलब्ध गराउने ।

२. सुरक्षा, व्यक्तिगत धम्की, अपहरण, चन्दा तथा पर्यवेक्षकसँग जोडिएका कुनै घटना घटेमा तुरुन्त के न्द्रमा खबर गर्ने । सबै घट्नाको लिखित विवरण राख्ने ।

३. कुनै पनि राजनैतिक दलको पक्षपोषण र मतदातासंग कुराकानी नगर्ने ।

४. तत्काल सहयोग आवश्यक भएमा मतदान अधिकृतलाई खरब गरी सहयोग लिने ।

५. आफ्नो जिल्लामा कुन कुन पर्यबेक्षण गर्ने संस्थाहरुले कती जना पर्यबेक्षकहरु परिचालन गरे त्यसको जानकारी तयार गर्ने ।

११. फेडेन नेपाल द्धारा जारी गरेको पर्यवेक्षण सूचाँक भरी त्यस अनुसारको प्रतिबेदन तयार गरी निर्बाचन सकिएको ५ दिन भित्र पठाइसक्नु पर्नेछ ।

मनोज कुमार कँडेल
सदस्य सचिब
केन्द्रिय चुनाव पर्यबेक्षण परिचालन समिती
९८५१०२१३७१

-------------------------------------------------------------------------------------------------------------------------------------------------------------------

---------------------------------------------------------------------------------------------

विजया दशमी, शुभ दीपावली, छठ पर्व, नेपाल

सम्वत, इद तथा आसन्न पर्वहरुको अवसरमा

सम्पुर्ण FEDEN- Nepal का सदस्य

साथीहरू, सदस्य संस्थाहरू, सुभेच्छुक

िमत्रहरू तथा समािजक रूपान्तरमा लाग्नु

भएका सम्पुर्ण रािष्ट्रय तथा अन्तरािष्ट्रय

संघ संस्थाहरूमा
शान्ति, सम्वृद्धि, सुस्वास्थ

एवम्
उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय

शुभकामना व्यक्त गर्दछु !

मनाेज कुमार कँडेल, महासिचब

तथा लाेकतान्त्रीक गैर सरकारी संस्था माहासंघ परीबार

---------------------------------------------------------------------------------------------

Date: September 2, 2013

TO,

Civil Society Section

Office of the United Nations High Commissioner for Human Rights

Sub: Exert diplomatic pressure on government of Nepal to respond to the hunger strike of the Adhikaris.

Dear sir/Mam:

Democratic NGO Federation Nepal (FEDEN), is an umbrella organization of 5000 NGOs of Nepal actively working on promotion of human rights and social development.

FEDEN is writing this appeal to you regarding the case of (late) Krishna Prasad Adhikari. We are closely following the case since the beginning and putting pressure on national human rights mechanisms and the government of Nepal to take action to address the righteous demand of parents of deceased.

A brief of the case

Krishna Prasad Adhikari, a native of fujel VDC in Gorkha was kidnapped from Bakullahar Chowk of Ratnanagar Municipality and killed by Maoist cadres on June 6, 2004 while he was going to meet his grandparents in Chitwan. Since the death of their son, parents (Mr. Nanda Prasad Adhikari and Mrs. Ganga Maya Adhikari) of late Krishna Prasad Adhikari has been struggling for justice. They filed a case at various places from local police stations to the Office of the Prime Minister at Singhadurbar. However no concrete action has been taken to investigate this case.

Parents of Krishna Prasad Adhikari, Father Nanda Prasad Adhikari and Mother Ganga Maya Adhikari have been staging hunger strike in front of the Prime Minister’s residence demanding justice since 22nd July 2013. The Government of Nepal made a promise to investigate the case and admitted the couple to Bir Hospital where they have been receiving treatment but the couple has not ended their hunger strike. Unfortunately the government so far has not taken any action to investigate the case.

The doctors of the Hospital have already stated that health of Adhikari Couple is continuously deteriorating and their life is under imminent danger. FEDEN Felt that adequate efforts are not been made by Nepal Government to save lives of the couple.

Appeal

We sincerely appeal you to come forward in this case and take all necessary action to ensure that the government fulfills its promise as well as legal duty by carrying out a prompt and independent investigation and a fair judicial trial in line with national and international legal standards. Further, government should provide proper care and protection to Adhikari couple and also provide compensation along with detail investigation for wrongfully putting them in mental hospital.

We look forward to see your prompt action and are ready to provide any kind of field assistance, if required.

Manoj Kumar Kandel
General Secretary
FEDEN - Nepal

-------------------------------------------------------------------------------------------------------------------------------------------------------------------

मिती ः २०७० भाद्र ८

केन्द्रिय समितीको बैठकबारे सूचना


मिती २०७० साल भाद्र १४ र १५ गते लोकतान्त्रीक गैर सरकारी संस्था महासंघ नेपालको केन्द्रिय समितीको विस्तारित बैठक क्षेत्रीय अध्यक्षहरु सहीत महासंघको केन्द्रिय कार्यलय भृकुटीमण्डपमा १४ गते ११ बजेबाट डाकिएकोले सम्पूर्ण पदाधिकारीहरु, सदस्यहरु र क्षेत्रीय अध्यक्षहरुलाई अनिबार्य उपस्थितीको लागी हार्दिक अनुरोध गर्दछु ।


मनोज कुमार कँडेल
महासचिब

----------------------------------------------------------------------------------------

पूर्बान्चल क्षेत्रीय भेला सम्बन्धी अत्यन्त जरूरी सूचना


मिती: २०७० श्रावण १५

यस फेडेन नेपालको पूर्बान्चल क्षेत्रीय भेला यही श्रावण ३० र ३१ गते, िवराटनगर हुने भएको हुदाँ सम्पूर्ण सदस्य, पदाधिकारी तथा सचिबहरुले भेलाको तयारी को लागी एक अर्का विच सम्पर्क समन्वय गर्न र भेला भव्यताको साथ अगाडी बढाउन केन्द्रीय समिती आग्रह गर्दछ।

केन्द्रिय सचिवालय

लोकतान्त्रीक गैर सरकारी संस्था महासंघ, नेपाल
भृकुटीमण्डप, काठमाडौ

.....................................................................................................................

मिती २०७० श्रावण १०

बेलबारीमा महिला माथि गरिएको वरवरतापूर्ण घटना प्रति
FEDEN-Nepal खेद व्यक्ति गर्दछ ।


बेलबारीमा भएको एक दलित महिला माथिको बरबरतापूर्ण सामूहीक आक्रमण कानूनी शासनको उपहास त हो नै दण्डहिनताको परिणाम समेत हो । सडकमा सबारी साधन दुर्घटना हुदाँ चक्का जाम गर्ने, राजनितीक माग पुरा गराउन नेपाल बन्द गर्ने, आफ्ना माग पुरा गर्न विभिन्न व्यावसायी जस्तो ग्यास, तेल, सुन, ट्याक्सी आदिले कारोबार नै रोक्ने जुन प्रबृती छ, हो त्यही प्रबृतीको एक पछिल्लो प्रतिनीधी घटना हो बेलबारीको एक दलित महिला माथिको बारबरतापूर्ण सामूहीक आक्रमण । यस अबस्थामा हामी यस प्रकारका घटनाहरुको विश्लेषण गर्दा निम्न निष्कर्षमा पुग्दर्छौ ।

पहिलो, देशमा कानूनी शासन होइन् शक्ती र भिडतन्त्रको बोलवाला छ । दोश्रो, देशमा दण्डहिनताले यति परकाष्ट नाघिसकेको छ की राज्ययन्त्र प्रति जनताको न आस्था छ, न भर छ, न डर नै छ । तेश्रो, समाज संबेदनहिन, अविवेकी, व्यक्तिबादी र हिंस्रक बन्दै गएको छ । चौथो, मानवियता र नैतिकता नेपाली समाजमा खडेरी नै लागेको छ । पाचौं, अभै उचनिच जातिय असमानताको प्रबृती यस समाजबाट हटेको छैन । छैठौं, लैङ्गिक विभेदले नेपाली समाजमा अझै जरा गाडेर बसेको छ । देशमा विद्यमान अस्थिर राजनितीको कारण सरकार नभएको महसुस भएको आजको अबस्थामा कताकता अलिकती झिनोमात्र आस रहेको नागरीक समाज समेत बरबरता र क्रुरताको नियती तिर अगाडी बढि रहेको त हैन डरलाग्दो शंकाको घेरा कोरीएको छ यो नेपालको लागी दुर्भाग्य सावित हुन सक्छ ।

यस अबस्थामा FEDEN-Nepal नागरीक समाजलाई सचेत र सजक रहन अनुरोध गर्दछ । यस्ता प्रकारको अपराधीक मानसीकताबाट उब्जीएको घटनालाई राजनितिक रंङ्ग दिने, जातिय नारा उचाल्ने र आफ्नो समूहको तथाकथीत स्वार्थ पूर्तीको लागी राजनितिक संरक्षण दिने काम तल्काल रोक्न र नगर्न हामी सम्पूर्ण नागरीक समाज, राजनितीक दल लगाएत सम्पूर्ण तह, तम्का र समूहका व्यक्तिहरुलाई अनुरोध गर्दछौं ।

अन्तमा यस प्रकारको संबेदनहिन, बरबरतापूर्ण र अपराधीक घटनाको दोषिलाई कानूनको दायरामा छिटो भन्दा छिटो लिई कडा भन्दा कडा कानूनी कारबाही अगाडि बढाई राज्यले आफ्नो अस्थित्वको अनुभुती दिलाओस् र सक्दो छिटो अपराधीलाई कानूनको दायरामा ल्याई पिडीतलाई उचित क्षतिपूर्ती पिडकबाट उपलब्ध गराइयोस भन्ने जोडदार माग गर्दछौं ।

महासचिब
मनोज कुमार कँडेल

----------------------------------------------------------------------------------

मिती २०७० असार १८

सामाजिक परिचालन कार्यक्रमको व्यवस्थापन सम्बन्धी संङ्घीय मामिला तथा स्थानिय विकास मन्त्रलाय को निर्णय सम्बन्धमा जारी प्रेस विज्ञप्ती


“सामाजिक परिचालन कार्यक्रमका लागि स्थानिय तहमा कार्यरत ७५५ वटा स्थानीय सेवा प्रदायक संस्थाको सम्झौता २०७० साउन १ गतेदेखि जिविस, नगरपालिकाले नविकरण नगर्ने र स्थानीय सेवा प्रदायक संस्थाका संयोजकको सेवालाई समेत निरन्तरता नदिने” भनी मिती २०७०।३।१२ गतेको नेपाल सरकार मा. मन्त्रीस्तरीय निर्णयबाट जारी २०७०।३।१६ को संङ्घीय मामिला तथा स्थानिय विकास मन्त्रलायको परिपत्र प्रति यस लोकतान्त्रीक गैर सरकारी संस्था महासंघ नेपालको गम्भिर ध्यानार्कषण भएको छ ।

बिगत बर्ष देखी निरन्तरण र निर्बाधरुपमा संचालित LGCDP कार्यक्रम एकाएक सरोकारहरुसँग समेत यसको प्रभावकारीता, समस्या, आगामी कार्यक्रम लगाएतको विषयमा छलफल नगरी सम्भौता खारेज गर्ने निर्णय प्रती यस महासंघ गम्भिर असहमती व्यक्त गर्दछ । तल्काल मा. मन्त्रीस्तरीय निर्णय खारेज गर्न र यस विषयमा सरोकारहरुसँग यसको प्रभावकारीता लागाएत आगामी बर्षको रणनितीको सम्बन्धमा छलफल तथा अन्तरक्रियत्मक कार्यक्रम गर्न जोडदार माग गर्दछौं ।

मुख्यतया स्थानिय समुदायलाई अफ्नो गाँउ टोलमा भैरहको विकास तथा विविध गतिविधीमा संलग्नताको लागी जागरुक बनाउने, स्थानिय सरकार तथा गैर सरकारी कार्यक्रमहरुलाई बढि उत्तरदायी बनाउने, स्थानिय सरकार तथा गैर सरकारी संस्थाहरुको क्षमता विस्तार लागायत विकासमा विकेन्द्रकरणको नितीलाई प्रभावकारीरुपमा अगाडि बढाउने उदेश्यका साथ संचालित यस कार्यक्रम स्थानिय सरकार नभएको अबस्थामा झन ठूलो महत्व समेत हुने हुदाँ खारेज नगर्न जोडदार माग गर्दछौं ।

स्थानीय विकासमा मुख्यतयः विगत लामो समयदेखी स्थानिय सरकार खाली रहेको र स्थानियस्तरमा भए गरेको सरकारी तथा गैरसरकारी विविध आर्थिक, समाजिक तथा विकासका गतिविधीलाई अनुगमन गर्ने प्रभावकारी निकाय नभएको अबस्थामा सरकारी र गैरसरकारी साभेदारी अन्तर्गत संचालीत सामाजिक परिचालन सम्बन्धी यस प्रकारको एकमात्र कार्यक्रमले आर्थिक, सामाजिक तथा विकासका गतिविधीलाई प्रभावकारी, उत्तरदायी बनाउने हुदाँ कुनै पनि बहानामा खारेज नगर्न जोडादार माग गर्दछौं । तुरुन्त संङ्घीय मामिला तथा स्थानिय विकास मन्त्रलायले सरोकारवालाहरुलाई बर्तामा बोलाई छलफल अगाडि बढाउन अनुरोध गर्दछौं ।

महासचिब
मनोज कुमार कँडेल

----------------------------------------------------------------------------------

मिती २०७० असार ५

बाढी तथा बर्षा पिडित क्षेत्रहरुमा तल्काल राहतको कार्यक्रम बढाउन हार्दिक अनुरोध गर्दछ ।
यस संस्थाको जिल्ला, क्षेत्रीय समिती र सदस्य संस्थालाई उद्धारमा संलग्न हुन निर्देशन गर्दछौं ।


देशको मुख्यतय मध्य र सुदुर पश्चिम क्षेत्रमा निरन्तररुपमा परेको बर्षाको कारण भएको धनजनको क्षती प्रती लोकतान्त्रीक गैर सरकारी संस्था महासंघ नेपाल दुख व्यक्त गर्दछ । यस दुखपूर्ण अबस्थामा ज्यान गुमाउने व्यक्तिहरु प्रती हार्दिक श्रादान्जली व्यक्त गर्दछौ र शोक सन्तप्त परिबार प्रति हार्दिक समबेदना व्यक्त गर्दछौं । लागातार आएको बर्षा तथा बाढीबाट भएको क्षती प्रती नेपाल सरकार गम्भिीर हुन र तल्काल राहात उपलब्ध गराउन जोडदार माग गर्दछौं । विगतका सरकारहरु जस्तै राहत प्याकेज ढिला जाने, कमसल र काम नलाग्ने समानहरु वितरणको लागि जाने, मानवियताको लागी भन्दा पनि नाम, प्रचार र देखावटको लागी राहतको कार्यक्रमहरु गरेको भान गर्ने केही विकासे भनाउदा संस्थाहरुको कमाई खाने भाँडो समेत यस प्रकारको बिपत्तीहरु हुने गरेको अबस्था नदोहोराउन र मानविय हृदयकासाथ सहयोगको कार्यक्रम अगाडि बढाउन यस लोक तान्त्रीक गैर सरकारी संस्था महासंघ नेपाल सम्पूर्ण जनसमुदाय, दातृ निकाय तथा गैर सरकारी संघ तथा संस्थाहरुलाई हार्दिक अनुरोध गर्दछौं ।

यस प्रकारको विपती युक्त घडीमा लोकतान्त्रीक गैर सरकारी संस्था महासंघ नेपालको सम्पूर्ण जिल्ला कार्य समिती, क्षेत्रीय समिती तथा जिल्ला स्थित सम्पूर्ण सदस्य गैर सरकारी संस्थाहरुलाई राहत वितरणको कार्यक्रमहरू जिल्लास्तरबाट अगाडी बढउन, सरकारी निकायहरुबाट भए गरेको राहत प्याकेजहरु सम्बन्धमा प्रभाबकारी रुपमा अगाडि बढेको नबढेको सम्बन्धमा निरिक्षण गर्न, जिल्लामा के कस्तो क्षती भएको छ त्यस सम्बन्धमा विवरण तयार गर्न, रेडक्रस लगाएत द्धारा संचालीत उद्धार कार्यमा संलग्न हुन र यस सम्बन्धमा केन्द्रमा जानकारी गराउन समेत अनुरोध गर्दछैा । साथै सम्पूर्ण अन्य सरकारी तथा गैर सरकारी संघ संस्थाहरुलाई यथा सम्भब आफ्नो स्तरबाट सहयोग गर्न यसै विज्ञप्ती मार्फत अनुरोध गर्दछौं ।

महासचिब
मनोज कुमार कँडेल

----------------------------------------------------------------------------------

मिती: २०७० असार ०३

आगामी मंसिर ४ मा हुने दाश्रो संविधान सभा निर्बाचन सम्बन्धमा
फेडेन नेपाल द्धारा जारी प्रेश विज्ञप्ति

लोकतान्त्रीक गैर सरकारी संस्था महासंघ नेपाल आगामी मंसिर ४ गते नेपाल सरकारद्धारा धोषित दोश्रो संविधान सभाको चुनावको हार्दिक स्वागत गर्दछ । आगामी निर्बाचनमा यस लोकतान्त्रीक गैर सरकारी संस्था महासंघको पूर्ण समर्थन र सहयोग रहने प्रतिबद्धता जाहेर गर्दछौं ।

यति हुदा हुदै पनि यो निर्बाचन संविधान सभाको निर्बाचन हो नकी कुनै नियमित संसदीय निर्बाचन । संविधान सम्पूर्ण जनता, समुदाय, पाटीको हुनुपर्छ अनिमात्र जनताले स्वमित्व लिन्छ र त्यसले मात्र राज्यमा शन्ती कायम हुन्छ । यसकारणा संविधान शान्ती, विकास र संमृद्धीको प्रतिक हुनु जरुरी छ नत्र संविधानको नाममा संविधान मात्र बनाउने प्रयास गर्नु पानीलाई मथेर घिउ निकाल्न खोज्नु सरह हुनेछ ।

लोकतान्त्रीक गैर सरकारी संस्था महासंघ नेपाल आगामी मंसिर ४ मा हुने चुनावमा सम्पूर्ण जनता, समुदाय र पाटीको स्वमीत्व रहने गरी सबै जनता, बर्ग, समुदाय र पाटीहरुलाई एकसाथ लिएर गर्नको लागी मूख्य राजनितीक दल तथा सरकारलाई आग्रह गर्दछ । जुगमा एक पटक आउने संविधान सभा जस्तो निर्बाचनमा आफुलाई सहभागी गराई संविधान बनाउन महत्वपूर्ण भूभिका खेल्न समेत सम्पूर्ण जनता, बर्ग, समुदाय तथा पार्टीहरुलाई आग्रह गर्दछ ।

महासचिब

मनोज कुमार कँडेल

-------------------------------------------------------------------------------------------------------------------

केन्द्रीय समितीको बैठक बारे सूचना

मिती: २०७० जेष्ठ २४

केन्द्रिय समितीको अगामी बैठक असार ८ गते, साँझ धनगढीमा बस्ने भएको हुँदा सम्पूर्ण सदस्यहरु तथा पदाधीकारीकहरूलाई अनिबार्य उपस्थितीको लागी अनुरोध गदर्छ । विशेष कारणले उपस्थित हुन नसक्ने अबस्था भए लिखित जानकारी गराउन हुन अनुरोध गर्दछौ ।

केन्द्रिय सचिवालय
लोकतान्त्रीक गैर सरकारी संस्था महासंघ, नेपाल
भृकुटीमण्डप, काठमाडौ ।

..................................................................................................................................................

अत्यन्त जरूरी सूचना

मिती: २०७० जेष्ठ २४

यस फेडेन नेपालको अगामी क्षेत्रीय भेलाहरू निम्न स्थान र मीतीमा हुने भएको हुदाँ सम्पूर्ण सदस्य, पदाधिकारी तथा सचिबहरुले भेलाको तयारी को लागी एक अर्का विच सम्पर्क समन्वय गर्न र भेला भव्यताको साथ अगाडी बढाउन केन्द्रीय समिती आग्रह गर्दछ।

क्षेत्रीय भेलाको मिती र स्थान यस प्रकार रहेको छ ।

असार ८ र ९, सुदुरपश्चिमाञ्चल, धनगढी
असार ११ र १२, मध्यपश्चिमाञ्चल, नेपालगन्ज
असार १७ र १८, पूवार्ञ्चल, िवराटनगर


केन्द्रिय सचिवालय
लोकतान्त्रीक गैर सरकारी संस्था महासंघ, नेपाल
भृकुटीमण्डप, काठमाडौ ।

..................................................................................................................................................

(2070-01-15)

विज्ञप्ती (Press Speech)

पूरा हेर्नुहोस
Read All
Download

....................................................................................................................

Friday, April 12, 2013

यहि मिती बैशाख १९ र २० गते पर्यटकीय नगरी पोखरामा हुन गैरहेको लोकतान्त्रीक गैर सरकारी संस्था नेपालको पहिलो बृहत पशिच्चमाञ्चल भेला सफल पार्न लागी परौ ।

नयाँ बर्ष २०७० सालमा देशमा संविधान बनोस यही मंगल कामना सहित यस संस्थाको सम्पूर्ण सदस्य संस्था, सुभेच्छुक मित्र तथा सहयोगी दातृ संघ संस्थाहरु प्रति